काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा रहेको औल्याएका छन् ।
आज सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेसँगै अध्यक्ष्ग थापाले संवैधानिक इजलासले गरेको राजनीतिक फैसलाले कार्यान्वनमा जटिलता र देश अस्थिरतामा फस्ने खतरा रहेको प्रतिक्रिया दिएका हुन्।
फेसबुकमार्फत अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएकोसमेत टिप्पणी पनि गरेका छन् । सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसअघि गत पुस ५ गते पनि प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । त्यसलाई सर्वोच्चले उल्टाएको थियो ।