सर्वोच्चको फैसला अघि नै पार्टी एक भएको सन्देश दिने अभिप्रायले लामो कसरत गरेर कार्यदलले १० बुदे ससहमति कायम गरेपनि सर्वोच्चको फैसला लगत्तै एमालेको दुबै समुह फरक रुपले सक्रिय बनेको छ ।
सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन भन्दै संसद पुनस्थापना गरिदिएपछि ओली समुह सडकमा उत्रिएको छ भने माधव समुहले अदालतको फैसलाको स्वागत गरेको छ ।
यसैले एकै पार्टी भित्र फरक फरक दृष्टिकोण देखा परेको छ । अर्कोतिर यो फैसलाका लागि एमालेका २३ माधव पक्षीय सांसदको हस्ताक्षरले समेत भूमिका खेलेको बुझाई ओली समुहले बनाएको छ ।
राति नै सहमति भए पनि अदालतमा भएको हस्ताक्षर फिर्ता नलिने माधव नेपालले स्पष्ट पारीसकेका थिए ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अहिलेको स्थिति आउनुमा एमालेका २३ सांसदको हस्ताक्षर कारक रहेको भन्दै यसको समिक्षा हुने बताएका छन् ।
यसले एमाले भित्रको एकता कसरी अघि बढ्ने हो ? त्यो हेर्न बाँकी छ ।