एमाले एकताका लागि मध्यरातमा दश बुदे सहमति, माधव नेपाल नै असन्तुष्ट

एमाले एकताका लागि मध्यरातमा दश बुदे सहमति, माधव नेपाल नै असन्तुष्ट

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एमालेको लामो समयदेखिको विवाद समाधानका लागि बनेको कार्यदलले मध्यरातमा दश बुदे सहमति गरेको छ ।
ओली र माधव समुहका तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले पछिल्लो समय दिनहुँ छलफल गर्दे सहमति नहुने फेरी छलफल गर्ने गरेर अन्ततः सहमति जुटाएको हो ।
यसले जेठ २ अघिकै पार्टी कमिटि कायम राख्ने तर माओवादी छाडेर एमाले आएका बादल सहितका नेतालाई दिईएको जिम्मेवारी यथावत राख्ने सहमति पनि कार्यदलले गरेको छ ।
पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने भन्दै यो सहमति अनुमोदनका लागि अविलम्ब स्थायी समितिको बैठक बोलाउन अध्यक्ष र महासचिवलाई अनुरोध गर्ने पनि सहमतिमा उल्लेख छ ।
आजै स्थायी समितिको बैठक बसेर यो सहमति अनुमोदन गर्ने भनिएको छ ।
यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले भने अदालतलाई प्रभावित पार्ने भाषा र सहमति भने च्यातिने भन्दै असन्तुष्टी जनाएका छन् ।
नेता नेपालले रातारात भएको सहमतिमा शंका उत्पन्न भएको भन्दै यो सहमति कुनै पनि काम कार्बाहीका बारेमा स्पष्ट भएन भन्ने गुनासो गरेको बुझिएको छ ।

नेता नेपालले फेसबुकमा स्टाटस समेत लेखेर यसको अपब्याख्या गर्ने काम भएको उल्लेख गरेका छन् ।

No description available.
बुदा नं ३ मा अदालतमा भएको हस्ताक्षरका बिषयमा ठोस धारणा उल्लेख नगरिएपनि पार्टी एकताको मर्म र भावना विपरीत भएका निर्णयहरु स्वतः बदर भएको भनिएकोले आशंका उत्पन्न भएको छ । यसले अदालतमा बुझाईएको हस्ताक्षर फिर्ताको अर्थमा पेश गर्न सकिने र अपव्यख्या गर्न सकिने नेता नेपालको बुझाई रहेको देखिएको छ ।

सूर्य थापाले राति स्टाटस लेख्दै अदालतमा देउवाको पक्षमा बुझाईएको १४६ जना सांसदको हस्ताक्षर अब २३ जना घटेर १२३ मात्र रहेको र त्यसकारण अब अदालतले परमादेश पनि नदिने र संसद पुनस्थापना पनि नहुने जिकिर गरेर स्टाटस लेखेपछि नेता नेपालले नामै किटेर स्टाटस लेखेका छन् ।
आज बस्ने स्थायी समितिको बैठकमा माधव नेपाल सहभागी हुने या नहुने समेत निश्चित बनेको छैन ।

 

May be an image of text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ