माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुले माओवादी केन्द्र खारेजीका लागि दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएको समुहले केही दिन अघि आयोगमा निवेदन दिएर माओवादी केन्द्र खारेजीको माग गरेका थिए ।
आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको हो ।
गत असार २३ गते सरोज बुढाथोकीले माओवादी केन्द्रको दल दर्ता खारेजीलगायत माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठकले आज माओवादी केन्द्र खारेजीलगायतबारे परेको निवेदन खारेज गरिदिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline