राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने मुद्धा गौतमले फेरी उठाए

राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने मुद्धा गौतमले फेरी उठाए

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, असार २७ । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने माग पुनः दोहोर्याएका छन् ।
यस अघि पार्टी भित्र संविधान संसोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नु पर्ने र आफू राष्ट्रिय सभा सदस्य हुने माग राखे पछि त्यसको चौतर्फी बिरोध भएको थियो ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने जिकिर गरे ।
एक प्रसंगमा उनले आफूले केपी ओलीलाई नभई एमाले रोजेको दाबी पनि गरे । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफु बैठकमा सहभागी भएको गौतमको दाबी छ ।
उनले एमालेले अराजनीतिक कृयाकलाप गरेको र यसले जनताको शीर निहुराउने काम गरेको टिप्पणी समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ