सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपालचोकको हेलम्बु र मेलम्चीका बाढी पीडितका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न पुगेका बेला प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।
मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलार्इ प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउने समेत बताए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको क्षति एकिन गरी सुचारु गर्न समेत निर्देशन दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline