वाग्मती प्रदेशसभा बैठक आइतबार बिहान बस्नेगरि स्थगित, मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

वाग्मती प्रदेशसभा बैठक आइतबार बिहान बस्नेगरि स्थगित, मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

  • शनिबार, असार २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

वाग्मती, २६ असार । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

सरकारले प्रतिपक्षी दलसँग सहमति बिना बैठक बोलाएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार बिहान साढे ११ बजेका लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । ‘सरकार प्रदेशसभाको बैठकमा सहमति जुटाएर सञ्चालन गर्ने भन्दा पनि अंकगणितीय हिसाबले पेलेर अगाडि बढ्न खोज्यो । सत्तापक्षको पेलेर बजेटलाई पास गराउने आएपछि प्रतिपक्षहरुले विरोध गरेसँगै वैठक स्थगित भएको हो’, उनले भने ।

मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको बैठकमा सदन एकदिन सार्ने विषयमा सहमति जुटेसँगै बैठक सारिएको हो ।

प्रदेश सरकारले आगामी आब ०७८/०७९ का लागि ल्याएको बजेटमा सन्तुलन नरहेको, सरकारले आम सञ्चारगृह चलाउन लागेको, बिना पूर्वाधार विद्युतीय सवारी खरिद गर्न लागेको भन्दै प्रतिपक्षी दलहरु लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

सचिवालयका अनुसार आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८÷८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताउनुभयो ।

प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गर्नुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँसँग आज छलफल एवं वार्ता गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गर्नुभयो । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ