बागमती प्रदेशसभाको बैठक आह्वान, प्रतिपक्षी दलद्धारा अबरुद्ध गर्ने चेतावनी

बागमती प्रदेशसभाको बैठक आह्वान, प्रतिपक्षी दलद्धारा अबरुद्ध गर्ने चेतावनी

  • शनिबार, असार २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

हेटौँडा, २६ असार । बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । प्रतिपक्षी दलहरुले भने बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् ।

उनीहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेकाले बैठक सञ्चालन हुन नदिने बताउँदै आएका छन् ।

यसअघि पनि प्रतिपक्षीको विरोधका कारण सरकारले यही असार १ गते पेश गरेको बजेटमा छलफल हुन पाएको छैन ।

पटक पटक छलफल गरेपनि दलिय सहमति नभएपछि यसअघि सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ