एमालेको आन्तरीक विवाद समाधानका लागि बनेको कार्यदलमा पार्टीलाई एकतावद्ध राख्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको छलफलमा उक्त सहमति बनेको हो । तर सहमतिलाई अन्तिम रुप भने शनिबार दिईने नेताहरुले दाबी गरेका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए ।
‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’ ज्ञवालीले भने ।
माधव समुहका कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको दावी गरे । उनले पनि भोली सहमति हुने दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline