नेकपा माओवादी केन्द्रले पार्टी खारेजीका लागि निवेदन दिएका पूर्व माओवादी नेताहरुलाई अनैतिक तत्व, अवसरवादी र स्वार्थी लालचीको संज्ञा दिएको छ ।
माओवादी केन्द्रका कार्यलय सचिव श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गरी केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने मनसायले यसरी दुष्प्रचार गरेको प्रस्ट भएको उल्लेख गरेका छन् ।
माओवादी छाडेर एमाले गएका राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट लगायतकाले आफूहरुको सांसद पद गुमेपछि माओवादीको आधिकारीकता नै नरहेको र दल खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि माओवादीले धारणा सार्वजनिक गरेको हो ।
यो निवेदन दर्ता हास्यास्पद र पार्टीलाई बदनाम गराउने उदेश्यले गरिएको भन्दै ढकालले विज्ञप्तिमा यसबाट भ्रमित नहुन पार्टी पक्तिलाई अपील गरेका छन् ।
