२४ असार, काठमाडौं । नेकपा एमालेको कार्यदल बैठक साँझ सात बजे पुनः बस्ने भएको छ । सिंहरबारमा आज बिहान कार्यदलको बैठक केहिबेर बसेर साझ ७ बजे बस्नेगरि स्थगीत भएको हो ।
सोमबारदेखि निरन्तर कार्यदलको बैठक बसिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तिक्ततापूर्ण ५६ दिनपछि बुधबार कार्यदलकै पहलमा भेटवार्ता भएको थियो ।
यसअघि पनि ओली र नेपालको बीच भेटवार्ताको प्रयास गरिएको थियो। तर, नेपालले अस्वीकार गर्दै आएका थिए। लगातार तीन दिनदेखि भएको कार्यदलको बैठकपछि दुई दिनेको भेटवार्ता सफल भएको छ।
भेटवार्तामा पार्टी एक बनाउन दुई नेताबीच वान टुन वान वार्ता भएको छ। गत वैशाख ३० गते बूढानीलकण्ठमा दुई नेताबीच करिब चार घण्टा संवाद भएको थियो।
भेटवार्तामा ठोस सहमति नभए पनि वार्ता सकारात्मक भएको दुवै पक्षका नेताले बताएपनि ठोस सहमती केहि हुन सकेन । भेटवार्ता क्रममा माधव पक्षका कार्यदल संयोजक भीम रावल र सुरेन्द्र पाण्डे तथा संस्थापन पक्षका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहभागिता थियो।