चीनबाट ४० लाख कोरोनाको खोप ल्याईदै, पहिलो खेप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै

चीनबाट ४० लाख कोरोनाको खोप ल्याईदै, पहिलो खेप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै

  • बिहिबार, असार २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कोरोना भाइरस विरुद्ध चीनले तयार पारेको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यस तर्फ प्रस्थान गर्दैछ ।
नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज खोप ल्याईने छ ।

सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। आज साँझ जाने जहाजले भोली कम्तीमा १० लाख डोज खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते गते थप खोप ल्याउने छ भने साउन ७ गते उडेर पुनः ८ गते पनि वायुसेवा निगमले खोप ल्याउनेछ ।
भारतको सिरम ईन्स्टिीच्युटलाई अग्रिम भुक्तानी दिएर पनि खोप नदिए पछि नेपालले चीनबाट ठूलो परिणाममा खोप ल्याउन लागेको हो ।
चीनीया खोप आईसकेपछि ६० वर्ष मुनिका नागरिकलाई लगाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ।

अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाईएको छ ।

त्यस मध्य सबै भन्दा धेरै १८ लाख डोज चीनले अनुदानमा दिएको छ भने भारतले १० लाख डोज अनुदानमा दिएको छ । यस्तै १० लाख डोज भारतबाट खरीद गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ