नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने दाबी गरेका छन् ।
आज जनकपुरमा पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि श्रदाञ्जली दिन जनकपुर पुगेका प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत हुनु पर्ने बताए ।
संविधानको मर्म भावना र लोकतान्त्रिक मुल्यका आधारमा संसद पुनस्थापनाको विकल्प नभएको भन्दै प्रचण्डले १४६ सांसदको हस्ताक्षरलाई आधार मानेर प्रधानमन्त्रीमा देउवालाई नियुक्तिका लागि परमादेश हुनु पर्ने बताएका हुन् ।
सर्वोच्च अदालतलाई दबाब दिदैँ प्रधानमन्त्री ओली थप निरंकुश हुन खोजेको प्रचण्डको आरोप छ ।
जनताको नजरमा केपी ओली निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा उजागर भईसकेका छन्, प्रचण्डले भने ।
एक प्रसंगमा उनले दुई नम्बर प्रदेशको नाम मधेश राखिनु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline