जेष्ठ नागरिकहरुलाई भेरोसेल खोपको दोस्रो डोज आजबाट दिइदै

जेष्ठ नागरिकहरुलाई भेरोसेल खोपको दोस्रो डोज आजबाट दिइदै

  • मङ्लबार, असार २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

२२ असार, काठमाडौं । जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाईदैछ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् ।

त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर सहुका नागरिकलाई पनि दोस्रो डोज दिइने बताईएको छ ।

नेपालमा अहिले खोप लगाउने उमेर सहुका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।

अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ