पर्सामा बाढी र डुबान प्रभावित क्षेत्रको सांसद यादवद्धारा अवलोकन, विषेश राहत प्याकेजका लागि पहल गर्ने प्रतिवद्धता

पर्सामा बाढी र डुबान प्रभावित क्षेत्रको सांसद यादवद्धारा अवलोकन, विषेश राहत प्याकेजका लागि पहल गर्ने प्रतिवद्धता

  • सोमवार, असार २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पर्सा, २१ असार । पर्सामा लगातार तिन दिनसम्म परेको अविरल वर्षाका कारण डुबान र बाढीबाट भएको क्षतिको जायजा लिन सांसद् प्रदीप यादवले निरीक्षण गरेका छन् ।

जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बेलवा, मिलनचोक, लालपर्सा, प्रस्तोपुर, इस्लाम्पुर लगायतका क्षेत्रमा बाढी र डुबानबाट भएको क्षतिको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवसहितको टोलीले निरीक्षण गरेको हो ।

सांसद् यादवसँगै जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मोद अन्सरी, प्रदेशसभा सदस्य जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतको टोलीले बाढी र डुबान क्षेत्रको निरक्षण गर्दै क्षतिको विवरण संकलन गरेको छ ।

निरक्षणको क्रममा बाढीबाट जनधनको क्षतिसँगै कृषकहरुले हजारौं विगाह जग्गामा लगाएको धानबालि नष्ट भएको पाइएको सांसद् यादवले बताए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवका अनुसार बाढीको पानी घर–घरमा प्रवेश गर्दा सयौँ स्थानीयसमेत विस्थापित भएका छन् ।

ठाउँ–ठाउँमा पानीको बहाव रोक्न बनाइएका कच्ची बाँधहरुमा समेत बाढीले क्षति पुर्‍याउँदा डुबान भएको ठहर गर्दै सांसद् यादवले बाँधको पुर्ननिर्माण र दीर्घकालीन समाधानका लागि पहल गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह र प्रशासनले गम्भिर रुपमा लिनुपर्ने आवश्यक्ता औल्याए ।

जिल्लामा बाढीको जोखिम र जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न चुकेको बताउँदै सांसद् यादवले आगामी दिनमा विपद्को पूर्वतयारीलाई प्रथम प्राथमिकतामा राख्न सम्बन्धीत सरोकारवालालाई अपिल गरे ।

बाढी तथा डुबानबाट प्रभावित भएका परिवारहरुलाई विशेष प्याकेजका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै यादवले तत्कालका लागि जिल्ला विपद् कोष र वीरगञ्ज महानगरपालिका कार्यालयबाट राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ