प्रधानमन्त्रीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको माओवादी नेता श्रेष्ठको आरोप

प्रधानमन्त्रीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको माओवादी नेता श्रेष्ठको आरोप

  • सोमवार, असार २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । आजको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले ओलीले माथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको उनको भनाई छ । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै नेता श्रेष्ठले यो राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी भएको बताए ।

‘उहाँले राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’ नेता श्रेष्ठले भने ।

अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै नेता श्रेष्ठले विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउएको समेत आरोप लगाए ।
उनले ओलीको यस्तो कदम क्षम्य नभएको पनि बताएका छन् । श्रेष्ठले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाउदै उनले सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा पनि कुन गुटको हुनुहुन्थ्यो, सोच्ने बेला छैन । सम्मानीय राष्ट्रियसभाको अभिभावकको भूमिकामा हुनहुन्छ । केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन र राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा गरेको छु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ