एमालेले आफ्ना २३ सांसदलाई प्रधानमन्त्रीमा देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिदैछ । आज साँझ पाँच बजे सम्मको समयसीमा दिईएपनि माधव समुहका सांसदले यो हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेको छ ।
माधव समुह जस्तो सुकै निर्णयको सामना गर्ने तर सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने तयारीमा छ ।
एमाले केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुले फिर्ता नलिए पार्टी एकता नहुने र हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने चेतावनी दिदै आएका छन् ।
यसबीचमा माधव नेपाललाई गाली गर्ने र फकाउने दुबै ओलीको प्रयास जारी छ । उनले ईश्वर पोखरेल सहितका नेतालाई नेपालको निवासमै पठाएर छलफल गरे पनि माधव नेपालले ओलीसँग भेट्न अस्वीकार गरेका छन् । यद्यपि, फोनमा भने उनीहरुबीच कुराकानी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline