ओली र नेपालको रिस अन्त्य नभएसम्म एमाले एकता सम्भव छैनः गौतम

ओली र नेपालको रिस अन्त्य नभएसम्म एमाले एकता सम्भव छैनः गौतम

  • आइतवार, असार २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २० असार । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस अन्त्य नभएसम्म पार्टी एकता सम्भव नरहेको बताएका छन् ।

राष्ट्रियसभा बैठकबाट बाहिरिएने क्रममा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले अहिले ओली र नेपाल एकअर्कासँग रिसाएकोले उनीहरुको रिस नमरेसम्म एकताको प्रयास सफल नहुने बताए ।

ओली र नेपालको यो रिस उनीहरु मातहतमा रहेका नेताको चिन्ताले घटाउन नसक्ने नेता गौतमले बताए । उनले ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रष्ट पारे।
उहाँले भन्नुभयो, ‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ, दुई जनाको रिस नमर्दासम्म मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन,एकता पनि सम्भव छैन ।

गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए । रिस शिथिल भएपछि एकता हुने गौतमको विश्वास छ ।
साथै सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको पनि गौतमको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ