अध्यक्ष ओली निकट नेताहरु कोटेश्वर पुगेर नेता नेपाललाई मनाउने प्रयास

अध्यक्ष ओली निकट नेताहरु कोटेश्वर पुगेर नेता नेपाललाई मनाउने प्रयास

  • आइतवार, असार २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार २०, काठमाडौं । नेकपा एमालेभित्रको बिवाद समाधानको प्रयासस्वरुप आज ध्यक्ष केपी शर्मा ओली निकट नेताहरु र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ ।

दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरु एकताका लागि सक्रिय भएका हुन् । आइतबार विहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । उक्त भेटमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित भए ।

उक्त छलफलमा नेताहरुले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गरेका छन् ।

माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले शनिबार पनि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी गराएका थिए । तर कुनै सहमति भने भएको छैन ।
एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ