पछिल्लो समय एमाले विवाद उत्कर्षमा रहेका बेला माधव नेपाल सहितका नेतालाई मनाउने अन्तिम प्रयासमा अध्यक्ष ओली लागेका छन् । बैठकमा या सार्वजनिक कार्यक्रममा आलोचना गरेपनि पार्टी विभाजनले हुन सक्ने ठूलो क्षतिलाई ध्यान दिदै ओलीले नेपाललाई फकाउने प्रयास गरीरहेका छन् ।
आज नेपाल निवास कोटेश्वरमा ईश्वर पोखरेल, विष्णु पौडेल र सुृवास नेम्वाङ पुगेका छन् ।
ओली समुहले देउवाको पक्षमा गरिएको हस्ताक्षर सोमबार साँझ सम्म फिर्ता नभए एमाले एकता नहुने चेतावनी दिएको छ ।
त्यस बीचमा हस्ताक्षर फिर्ता नलिने र प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने माधव समुहको अडान छ ।
यसै साता सर्वोच्चबाट १४६ सांसदले हालेको रिटमा फैसला सुनाउदैछ । सो फैसला जे आए पनि स्वीकार्ने माधव समुहको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline