सोमबार साँझ सम्म प्रधानमन्त्रीमा काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न भन्दै एमाले ओली समुहले दिएको निर्देशन माधव समुहका सांसदहरुले अस्वीकार गर्ने भएका छन् ।
माधव नेपालले आज हस्ताक्षर गर्ने सांसदहरुसँग गरेको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो । बरु उल्टै यो समुहले यस्तो निर्देशन दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकै निर्णय अवैध भएको उनीहरुको धारणा छ ।
नेता नेपालले यो छलफल गर्नु अघि प्रधानमन्त्रीसँग फोन संवाद गरेका थिए । जसमा ओलीले बैठकमा आउन र हस्ताक्षर फिर्ता लिन भनेका थिए ।
केन्द्रीय कमिटिको बैठकमा आज अध्यक्ष ओलीले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline