अदालतको फैसला आँउदा सम्म जसले हस्ताक्षर फिर्ता लिँदैन त्यो एमाले हुँदैनः ओली

अदालतको फैसला आँउदा सम्म जसले हस्ताक्षर फिर्ता लिँदैन त्यो एमाले हुँदैनः ओली

  • शनिबार, असार १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकाले फिर्ता नलिए उनीहरु एमाले हुन नसक्ने चेतावनी दिएका छन् ।
आज पार्टी बैठकलाई संवोधन गर्दै ओलीले पार्टीको विरोध गर्ने, सरकारको विरोध गर्नेहरु एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताए ।
हिजो बैठकले सोमबार साँझ सम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि २३ सांसदले हस्ताक्षर फिर्ता लिएका छैनन् ।
आजै माधव नेपालसँग टेलिफोन गरी ओलीले हस्ताग्क्षर फिर्ता लिन र बैठकमा आउन आव्हान गरेका थिए ।
तर एकतर्फी रुपमा बोलाईएको बैठकमा आउन नसकिने, अदालतको फैसला स्वीकार गर्ने तर हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिदिएपछि आक्रोशित बनेका ओलीले बैठकमा माधव नेपालको के हैसियत छ र ? भन्ने संकेत दिएका थिए ।
उनले अरुको पार्टीमा जानेलाई पर्खेर बस्न नसकिने समेत बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी