नेपालले अन्ततः पहिलो पटक ठूलो मात्रामा चीनीया खोप ल्याउने भएको छ । चीनसँग भएको सहमति अनुसार साउन २५ गते दश लाख डोज खोप काठमाण्डौँ आउनेछ । सो खोप लिन साउन २४ गते नै नेपाल वायुसेवा निगमको जहाज चीन जानेछ ।
त्यसपछि असार १ गते दश लाख डोज खोप आउने छ भने साउन ८ गते पनि दश लाख डोज खोप आउनेछ ।
यस अघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यो कुनै पनि विदेशी सहायताको रुपमा प्राप्त सबै भन्दा धेरै खोप हो ।
चीनको सिनोफर्मसँग खोप खरीद सम्झौता बमोजिम ठूलो मात्रामा खोप आउन लागेको हो । यद्यपि, कति मुल्यमा खोप खरीद गरिएको हो त्यो सार्वजनिक नभए पनि प्रति खोपको मुल्य १४ डलर रहेको बताईएको छ । आगामी चार वर्ष सम्म खोपको मुल्य सार्वजनिक नगर्ने सम्झौता छ ।
सरकारले भारतको सिरम ईन्सटीच्युटसँग २० लाख खोपका लागि अग्रिम भुक्तानी दिएर पनि खोप दिएको छैन । भारतबाट अनुदान र खरीद गरेर आएको खोप लगाएका नागरिक लामो समयदेखि दोस्रो डोज लगाउन पाएका छैनन् ।