एमालेको विवाद समाधान गर्दै पार्टी एकता कायम राख्ने प्रयास भईरहेका बेला वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन् ।
यो कुराको जानकारी प्रधानमन्त्री स्वयंले आज केन्द्रीय समितिको बैठकमा दिएका हुन् ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपालसँग भेट्न खोजेको थिएँ उहाँले मान्नु भएन, फोन पनि बल्ल बल्ल उठाउनु भयो, २०-२५ मिनेट कुरा गरेँ । उहाँले फोन पनि उठाउन मन थिएन, साथीहरुले दबाब दिएर मात्र हो भन्नु भयो, भन्दै यस्तो जानकारी दिएका हुन् ।
उनले एमाले सांसदलाई देउवालाई प्रधानमन्त्री बनाउने छुट नभएको भन्दै हस्ताक्षर फिर्ता नलिएमा पार्टी एकता नहुने चेतावनी दिए ।
ओलीले २३ सांसदले हस्ताक्षर फिर्ता नलिए पार्टी फुटको घोषणा हुने चेतावनी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline