विपक्षी नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेका छन्ः प्रधानमन्त्री ओली

विपक्षी नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेका छन्ः प्रधानमन्त्री ओली

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

१८ असार, काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप ल्याउन विपक्षीले अवरोध गरेको बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट कोरोनाविरुद्धको खोप ल्याउन विपक्षीले अवरोध गरेको दाबी गरेका हुन्।

खोप आउन नदिन विपक्षी गठबन्धनले लविङ गरेको आरोप उनको आरोप छ । विपक्षीले खोप रोक्न प्रयत्न गरेपनि पर्सीदेखि कोभिड १९ विरुद्धको आवश्यक खोप आइपुग्ने जानकारी दिदै ओलीले विपक्षी नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेकोले केहि समस्या देखिएको बताए ।

‘भारतबाट कोभिड विरुद्धको खोप आउन नदिन विपक्षी गठबन्धनको लविङ छ।’ओलीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘सरकारको लोकप्रियता बढ्छ भनेर यो सबै भइरहेको छ, राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन्।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अराजनीतिक क्रियाकलाप भएको दाबी गर्दै वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू जानु लाजमर्दो भएको बताए।

आजको बैठकमा पार्टीको नवौँ महाधिवेशनपछिको १३ औँ केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता अनुपस्थित रहेका छन् ।
तर उपाध्यक्ष वामदेव गौतमको भने बैठकमा सहभागीता छ ।

आज एमालेको बैठक अगाडि बालुवाटार पुगेर माधव पक्षका नेताहरु गोकर्ण, सुरेन्द्र पाण्डे, विष्ट र भीम आचार्यले अध्यक्ष ओलीलाई भेट गरेका थिए। उनीहरुले माधव नेपालसँग कुरा गर्न आग्रह गरेका छन्। उनीहरुले अध्यक्ष ओलीलाई कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएको बताइएको छ।

ओली(नेपाल दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन्। २०७७ फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक समिति बुधबार भंग भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ माथि भएको कारबाही निस्प्रभावी भएको छ।

अन्तिम महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एकताका बेला थपिएका र नेकपा भंग भएपछि रामबहादुर थापासहित माओवादी केन्द्र नगई एमालेमै बसेका नेतालाई केन्द्रीय कमिटी र स्थायी समितिमा थप गरेकोमा माधव समूहले असन्तुष्टि जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ