निधि, कोइराला र सिंहले आजका लागि बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित

निधि, कोइराला र सिंहले आजका लागि बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले बोलाएको भेला स्थगित भएको हो ।

१३ औं महाधिवेसनमा सभापति बाहेकका प्रत्यासीसँग बोलाएको छलफल स्थगित भएको नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

कोइराला निवास टोखामा आजका लागि केन्द्रीय सदस्यहरु सँगको छलफल गर्न भेला आह्वान गरिएको थियो ।
सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै नेता सिंहले क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि बोलाइएको छलफल स्थगन गर्नुपरेको बताउनुभयो ।

विज्ञप्तीमार्फत नेता सिंहले महाधिवेशन केन्द्रित रहेर भएको छलफलप्रति आम चासो रहेको भन्दै तीन नेताबिचको संवादले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुश गराएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ