एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, नेपाल समूहले बहिष्कार गर्ने

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, नेपाल समूहले बहिष्कार गर्ने

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष भने नजाने भएको छ ।

खनाल–नेपाल पक्षीय नेताहरुको बिहिवार बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत भएको निश्कर्ष निकालेको हो ।

पार्टी एकताका लागि खनाल–नेपाल पक्षले ओली पक्षलाई पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन ६ बुँदे प्रस्ताव अघि सारेको थियो ।

तर अध्यक्ष ओलीले पार्टी विधान विपरित गठित दशौं महाधिवेशन आयोजक कमिटिको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याएकोले बैठकमा सहभागि नहुने निर्णय भएको नेता भिम रावलले बताउनुभयो ।

पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने खनाल–नेपाल पक्षको भनाइ छ ।

यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन हिजो बिहान र साँझ दुई पपटक नेताहरुबिच छलफल भयो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा असन्तुष्ट पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी हुनुहुन्थ्यो ।

हिजोको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ