काठमाडौँ १६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउन अदालतलाई धम्की दिइरहेको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा नेता देउवाले यस्तो दाबी गरे ।
उनले प्रधानमन्त्रीको धम्कीबाट न्यायलय नडराउने पनि विस्वास व्यक्त गरेका छन् ।
उनले यदी न्यायधीशहरु प्रधानमन्त्रीको धम्कीसँग डराएर गए भने देश के होला भनी प्रश्न गरे ।
देउवाले ओलीको धम्कीबाट कुनैपनि न्यायाधीशहरु नडराउने विश्वास लिएको र सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि रहेको पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline