ओली जस्ता पात्र ईतिहासमा थिए होलान् तर सात साल पछि थिएनन्ः माधव नेपाल

ओली जस्ता पात्र ईतिहासमा थिए होलान् तर सात साल पछि थिएनन्ः माधव नेपाल

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ असार १६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली प्रवृति बिरुद्ध संघर्ष गरीरहेको भन्दै ओली जस्तो पात्र ईतिहासमा थिए होलान् तर सात साल पछि थिएनन् भन्दै कटाक्ष गरेका छन् ।
ओलीले केही दिन अघि माधव नेपाल जस्ता पात्रलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले टोकेको छ र भनी अभिव्यक्ति दिएपछि नेपालको यो भनाई आएको हो । संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा नेता नेपालले ओली प्रवृतिलाई दोहोरिन दिन नहुनेमा जोड दिए ।
आफूहरु ओली जस्तो नभएको उनको जिकिर छ । उनले देश, लोकतन्त्र, संविधान र गणतन्त्र ठूलो संकटमा परेकाले यसलाई जोगाउन सबै एक जुट हुनु पर्नेमा जोड दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ