नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले यसलाई केन्द्रीय कमिटिमा रूपान्तरण गर्ने निर्णय गरेको हो। यो निर्णय सँगै केन्द्रीय कमिटिको बैठक शुक्रबार बोलाईएको छ ।
गत चैतमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुहका नेता समावेश गरेर महाधिवेशन आयोजक समिति बनाएका थिए ।
त्यस्तै बैठकले स्थायी कमिटीमा राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायामाझी, मणि थापा, रघुबीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय समेत गरेको छ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline