ओलीले जेठ २ अघिकै कमिटि ब्युताए पनि माधव समुहले अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने, बैठकमा सहभागी हुने नहुने बारे निर्णय लिने

ओलीले जेठ २ अघिकै कमिटि ब्युताए पनि माधव समुहले अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने, बैठकमा सहभागी हुने नहुने बारे निर्णय लिने

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एमाले भित्र देखा परेको विवाद हल गर्ने प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशन आयोजक समिति भंग गर्दै जेठ २ , २०७५ को केन्द्रीय समिति ब्युताउने निर्णय गरेको छ ।
त्यसले माधव समुहको माग पूरा हुने देखिएको छ । तर पनि अदालतमा प्रधानमन्त्रीका लागि शेर बहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिने यस समुहको तयारी छ ।
ओलीले यस अघि देखि नै देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनु पर्ने बताउदै आएका थिए । देउवाको पक्षमा २३ जना माधव नेपाल सहितका एमाले सांसदले हस्ताक्षर गरेका थिए ।
यस्तै माधव नेपाल, झलनाथ खनाल लगायतका नेतामाथिको कार्बाही समेत स्वतः फिर्ता लिईने भएको छ ।
यसका बाबजुद माधव समुहले बिहिबार बैठक बसेर केन्द्रीय समितिको बैठकमा जाने नजाने निर्णय गर्ने सो समुहका एक नेताले बताएका छन् । एमालेको केन्द्रीय समितिको बैठक असार १८ गते बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी