ओलीले उखान टुक्काको भरमा शासन गर्न खोजे : देउवा

ओलीले उखान टुक्काको भरमा शासन गर्न खोजे : देउवा

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक सुनुवाइ बिना गरिएका सबै निर्णय खारेज गर्न माग गरेका छन् ।
सोमबार संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको बुद्धिजीवीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सुनुवाइ समितिबाट सुनुवाइ नभए आफैं अनुमोदन हुने व्यवस्था हटाएर भए पनि भएका सबै निर्णयहरू खारेज गर्ने बताए।

देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि प्रहार गरेको पनि बताए ।
यसै गरी उनले आफ्नो सरकार बनेपछि पहिला जनतालाई खोप उपलव्ध गराउने बताए ।

ओलीले मुलुकमा उखान र टुक्काको भरमा शासन गर्न खोजेको पनि आरोप देउवाको छ ।

‘राष्ट्रपति स्वयम्‌ले पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु भनेर आह्वान गरेको हो। त्यस अनुसार जाँदा पनि स्वीकारिएन। हामीले पनि राष्ट्रपतिको आह्वान अनुसार नै गएका थियौं’, उनले भने, ‘बहुमत प्राप्त नेतालाई नमानेर एकै पटक ओलीको पक्षमा उनको कार्यकर्ता जस्तो बनेर निर्णय गर्ने काम भयो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ