मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाल जस्तो मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने ? ओलीको कटाक्ष

मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाल जस्तो मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने ? ओलीको कटाक्ष

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल विरुद्ध पुनः कटाक्ष गरेका छन् ।
बालुवाटारमा मदनभण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, के मलाई बहुला कुकुरले टोकेको छ र ? यस्ता ( माधव नेपाल जस्ता ) मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न ?
उनले आफूले प्रधानमन्त्रीमा माधव कुमार नेपाललाई प्रस्ताव नगरेको दाबी गरे ।
‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ ओलीले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?
माधव नेपाल आफैले आफ्नो नाम चर्चामा ल्याएको ओलीको जिकिर छ ।
केही दिन अघि पत्रकारहरुसगँको अन्तरक्रियामा माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको तर आफूले विपक्षी गठबन्धनलाई धोका नदिने उल्लेख गरेका थिए ।
माधव नेपाल शेर बहादुर देउवा र प्रचण्डका मामुली कार्यकर्ता हुन, प्रचण्डले छिन छिनमा रंग फेरेर छेपारोलाई त फेल गराए, माधव नेपालको के कुरा ओलीले टिप्पणी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी