विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखियो, चुच्चे नक्सा गायव

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखियो, चुच्चे नक्सा गायव

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 40.9K
    SHARES

१४ असार, काठमाडों । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको पाइएको छ ।

विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ ।

गत महिनामात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताउनु भएको थियो ।

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा, चुच्चे नक्सा गायव
यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।

तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ ।

ती पुस्तक पहिले नै छापिएका र स्टक हुनसक्छन्, केन्द्रका निर्देशक गणेश भट्टराइले भन्नुभयो, ञती फिर्ता हुन्छन् ।ञ

अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ