उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे आज निर्णय गर्ने

उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे आज निर्णय गर्ने

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्दाका मापदण्ड भने तोक्न बाँकी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने पराजुलीले बताए ।

यसअघि आइतवार बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले आज फेरि बैठक बस्ने भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने पराजुलीले बताए ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ