काठमाडौँ असार १३ । नेकपा एमालेले दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।
सर्वोच्चको फैसलालाई एमालेले त्रुटीपूर्ण भएको निष्कर्ष निकालेको छ । सोही कारण भ्याकेटमा जानु परेको नेताहरुले बताएका छन् ।
फ्लोर क्रस गरेको भन्दै एमालेले उनीहरूलाई सांसद र पार्टीबाट कारबाही गरेको थियो । तर, जेठ २७ गते अदालतले अन्तरिम आदेशमार्फत चार प्रदेश सांसदलाई पुनर्बहाली गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline