देउवाको आरोप- ‘राष्ट्रपति केपी ओलीका कार्यकर्ताजस्तो बन्‍नु भयो’

देउवाको आरोप- ‘राष्ट्रपति केपी ओलीका कार्यकर्ताजस्तो बन्‍नु भयो’

  • शनिबार, असार १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

असार १२, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए । देउवाले भने, राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता जस्तै भएर काम गर्नुभयो । सबैभन्दा दुःख त मलाई राष्ट्रपतिसँग लागेको छ ।’

प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको भन्दै देउवाले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएकोले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले ओलीलाई अधिनायकवादीको संज्ञापनि दिएका छन्। संविधानवादी लोकतन्त्रवादी नभएर ओली मनपरी गर्ने अधिनायकवादी भएको देउवाले आरोप लगाएका हुन् । संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो। संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो।’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ