सर्लाहीमा ठेकेदार र जेसीबीका चालक मिलेर वडाअध्यक्ष श्रेष्ठको हत्या

सर्लाहीमा ठेकेदार र जेसीबीका चालक मिलेर वडाअध्यक्ष श्रेष्ठको हत्या

  • शनिबार, असार १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

सर्लाहीको ईश्वरपुर नगरपालिका–३,भक्तिपुरमा पोखरी निरीक्षणमा गएका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठलाई ठेकेदार र चालक मिलेर हत्या गरेको खुलेको छ । पोखरी खन्दाको विवाद बढ्दै गएपछि जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या गरिएको हो । वडाध्यक्षको राति ९ बजेतिर हत्या भएको हो ।
शुक्रबार साँझ जेसिबी चालकसँग विवाद चर्किंदा जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । साँझ सँगै खाजा खाएका तर खाँदै जादाँ विवाद भएपछि चालक हर्ख बहादुर तामागंले हत्या गरेका थिए । बकेटले टाउको र छातीमा हानेर वडाध्यक्षको हत्या गरेपछि ठेकेदार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि अचेत अवस्थामा रहेका श्रेष्ठलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको गिरीले बताउनुभयो । अहिले प्रहरीले जेसिबी चालक तामागं र ठेकेदार प्रेमराज दहाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
उनीहरुले वडा अध्यक्षको हत्या गरेको स्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ