सर्वोच्चले पुनर्वहाली गरिदिएका तीन जना कर्णालीका प्रदेश सांसदलाई एमालेद्धारा पुनः निलम्वन

सर्वोच्चले पुनर्वहाली गरिदिएका तीन जना कर्णालीका प्रदेश सांसदलाई एमालेद्धारा पुनः निलम्वन

  • शुक्रबार, असार ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सुर्खेत असार ११ । सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका एमाले कर्णाली नेकपा (एमाले) कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन् ।

माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीाई विश्वासको मत दिएका सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै एमाले संसदीय दलको बैठकले अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ ।

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

यसअघि पनि सांसद प्रकाश ज्वालासहित उनीहरुलाई सांसदबाट निलम्बन गरिएको थियो । सर्वोच्चले पुनर्बहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका तीन नेतालाई फेरि निलम्बनको निर्णय गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ