आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार, असार ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

असार ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । तत्कालीन महानिर्देशक शर्मासहित कर फर्छ्योट आयोगका ३ जना पदाधिकारीविरुद्ध १ अर्ब ३३ लाख २० हजार ३८५ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप पत्र आज विशेष अदालतमा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार कानुनविपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आरोपमा कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र सदस्य शर्मामाथि भ्रष्टाचार मुद्दा लागेको हो ।

कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको सप्रमाण पुष्टि हुन आएकोले महत, ढकाल र शर्मामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो १ अर्ब ३३ लाख २० हजार ३८५ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ