अब अदालतप्रति ओली समुह नै ससंकित हुन थाल्यो !

अब अदालतप्रति ओली समुह नै ससंकित हुन थाल्यो !

  • मङ्लबार, असार ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

सर्वोच्च अदालतले एक पछि अर्को गर्दै सरकारले ल्याएको योजना रोक्दै आएका बेला आज पछिल्लो समय थपिएका २१ मन्त्रीहरुको पद समेत खारेज गरिदिएपछि सत्तारुढ एमाले ओली समुह नै अदालतप्रति शसंकित हुन थालेको छ ।
त्यसो त गत पुष ५ मा संसद विघटन गर्दा अदालत सेटिगं भईसकेको छ संसद पुनस्थापना हुँदैन भन्ने सार्वजनिक रुपमै सो समुहका नेताहरुले बोलेका थिए । तर फागुण ११ गते अदालतले संसद पुनस्थापित गरिदियो ।
त्यसपछि पुनः विस्वासको मत पाउन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गराएर निर्वाचनको घोषणा गरेपछि सर्वोच्चमा विपक्षी दलका सांसददेखि विभिन्न पक्षबाट उजुरीको आईरो छ ।
यसैमा भोलीबाट सुनुवाई हुनु पुर्व सर्वोच्चले २१ मन्त्रीलाई थप्ने निर्णय नै खारेज गरिदिएपछि एमालेका नेताहरु अब अदालतप्रति ससंकित हुन थालेका हुन् ।
त्यसोत जेठ ६ गते अदालतले पूर्व माओवादी समुहका बादल सहित सात मन्त्रीको पद पनि खारेज गरिदिएको थियो ।
एमाले नेता महेश बस्नेतले प्रचण्डको भविष्यवाणी मिलेको भन्दै अदालतमा सेटिगं हुन सक्ने आशंका गरेका छन् । प्रचण्डले विषेश सूचना भन्दै धादिगंमा बोलेको जसरी नै अदालतको अन्तरीम आदेश आएको बस्नेतको दाबी छ ।
त्यसो त नागरिकता अध्यादेश, ढुंगा, गिट्टी बालुवा निकासी सम्बन्धि योजना, निकुञ्जमा बाटो बनाउने योजना जस्ता सरकारको कदमहरुमाथि सर्वोच्चले अंकुश लगाउदै आएको छ ।
स्रोतका अनुसार एमालेका शीर्ष नेताहरु अदालतको आदेशप्रति सन्तुष्ट छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ