असार ८ काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदनको आज सुुनुवाइ हुँदैछ । दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा अध्यक्ष ओलीले निवेदन दर्ता गराएका थिए ।
महाधिवेशन आयोजक कमिटी नै एमालेको वैधानिक निकाय भएको दाबी गर्दै यस्तो निवेदन दर्ता गरिएको हो । सर्वोच्च अदाललका सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ मा कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।
भ्याकेट निवेदनमा भने माधिवेशन आयोजक कमिटी नै कन्द्रीय कमिटीले बनाएकाले यसले अधिकार प्रयोग गर्न सक्ने दाबी निवेदनमा ओलीले गरेका छन् ।
कर्णालीका चार जना सांसदको कारवाहीमा अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने पार्टीको निर्णयप्रति एमालेको खनाल नेपाल समूहमा ओली प्रति थप अविस्वास पैदा भएको छ ।