आज विश्व योग दिवसः बिभिन्न कार्यक्रम गरी मनाईदै, राष्ट्रपति र प्रधानमन्त्रीको छुट्टाछुट्टै सन्देश

आज विश्व योग दिवसः बिभिन्न कार्यक्रम गरी मनाईदै, राष्ट्रपति र प्रधानमन्त्रीको छुट्टाछुट्टै सन्देश

  • सोमवार, असार ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

७ असार, काठमाडौं । आज विश्व योग दिवस । विभिन्न कार्यक्रम गरी योग दिवश मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै योग दिवश मनाउन थालिएको हो ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

यद्यपि नेपालमा कोरोना महामारीका बीच निशेधाज्ञा जारी रहेकोले योग दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गरिने छैन ।

यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै सन्देश शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना महामारी जारी रहेको अवस्थामा योगको सान्दर्भिकता अझै बढेको बताउनुभएको छ । उहाँले योग एव्म तन्त्रवद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्नसक्ने विस्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन गोगविधि महत्वपूर्ण हुने बताउनुभएको छ ।

योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै उहाँले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको बताउनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ