हाम्रो टिमले समाज सेवाको नाममा अनामनगरको सरकारी जमिन हडप्न खोजेको भन्दै स्थानीयको विरोध

हाम्रो टिमले समाज सेवाको नाममा अनामनगरको सरकारी जमिन हडप्न खोजेको भन्दै स्थानीयको विरोध

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

हाम्रो टिम नेपालले समाज सेवाको आडमा सरकारी जग्गा हडप्ने प्रयत्न गरेको भन्दै बिरोध भएको छ । हाम्रो टिम नेपालले तत्काल पार्क बनाउन दिने र लकडाउन सकिएको एक हप्ताभित्रमा रातारात बनाएको टहरा हटाउने सम्झौतामा गरेपनि पार्क बनाउन जाँदा अवरोध सिर्जना गरेको छ ।
हाम्रो टिमका पदाधिकारीहरुले अनामनगरका वासिन्दाहरुको घर घरमा गएर आक्रमणको प्रयाससमेत गरेको स्थानीयले बताए ।
हाम्रो टिम नेपालका विमल पन्तले घर घरमा गएर मान्छे कुट्ने धम्की दिएको समेत स्थानीयको आरोप छ । तर पन्तले आफूहरुले कसैलाई पनि धम्की नदिएको बताए ।
समाजिक विकास समाजका महासचिव रक्षबहादुर रैका मगरले पन्तले घरमा आएर आक्रमणको प्रयास गरेको बताए ।
समाजले संरक्षण गरेको सरकारी जग्गामा पार्क बनाउन काठमाडौँ महानगरपालिकाले ठेकेदार पठाएपछि पन्तको समूहले समाजका पदाधिकारीको घर घरमा गएर आतंक मच्चाउन थालेको महासचिव रैकाको दाबी छ । आफू मेलम्चीमा बाढीपहिरो पीडितलाई राहत वितरण गर्न गएका बेला केही व्यक्ति ल्याएर आफ्नो घरमा तोडफोडको प्रयास गरेको उनले बताए ।
सामाजिक विकास समाजले मुद्दा लडेर संरक्षण गरेको उक्त सरकारी जग्गामा हाम्रो टिम नेपाल स्थायी रूपमा प्रयोग गर्न खोजेकाले समाजले स्थानीयको माग बमोजिम सार्वजनिक रुपमा प्रयोग गर्न पार्क बनाउन खोजेको रैकाको भनाई छ ।
पहिला महानगरले प्रहरी पठाउँदा विमल पन्तले स्थानीयलाई तथानाम गाली गरेको र पछि पन्तले माफि मागेपछि मात्र आफूहरुले सहमति गरेको तर अहिले आएर अराजक गतिविध सुरू गरेको उनले जनाए ।
शनिबार बिहान हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तकी श्रीमती कविता पन्तले घर तोडफोड गर्ने धम्की दिएको रश्मी रैका मगरले बताइन् ।
घरको मुनि बाटोमा आएर तल आइज तल आइज भन्दै अभद्र व्यवहार गरेको गन्दै रश्मी रैका मगरले त्यो विषयमा आफूले आपत्ति जनाएको बताइन् ।
एउटा सामान्य मान्छे ले गर्ने व्यवहार भन्दा आतंककारीले गर्ने व्यवहार देखाएको उनको भनाई छ ।
हाम्रो टिम नेपालले रातारात टहरा बनाएपछि काठमाडौं महानगरपालिकाले गैरकानुनी रुपमा बनाएको टहरा भत्काउन नगर प्रहरी पठाएको थियो । तर स्थानीयसँगको सम्झौता पछि नगर प्रहरी टहरा नभत्काई फर्किएको थियो । सम्झौता बमोजिम स्थानीयले पार्क बनाउन खोजेपछि हाम्रो टिम नेपालले घर घरमा गएर आक्रमणको प्रयास गरेको हो ।
बागमती सभा सदस्य गणेशप्रसाद दुलालले सार्वजनिक जग्गा कोही कसैले हडप्न खोज्नु गलत भएको बताए ।
समाजसँग मिलेर अनामनगरको २३ रोपनी जग्गा संरक्षण गरेको भन्दै राज्यको कानुनविपरीत काम गर्नेलाई कानुनको दायरामा ल्याउने उनको भनाई छ ।
अभियन्ताको व्यक्तिको घर घर गरेर आतंक मच्चाउनेलाई प्रशासनले कारबाहीको दायरामा ल्याउने सांसद दुलालको भनाई छ । उनले हाम्रो टिम नेपालले अनामनगरका व्यक्तिहरुको घरमा गएर देखाएको हर्कतको निन्दा गर्दै राज्यको कानुन भन्दा कोही पनि माथि नभएकाले यस्ता कुरालाई आफूहरुले स्वीकार नगर्ने तर्क गरे ।
सांसद मिना ज्ञवालीले स्थानीयको माग बमोजिम पार्क बनाउन बजेट दिएको बताउँदै व्यक्तिको घर घरमा गएर आक्रमणको प्रयास गर्ने हर्कतको निन्दा गरिन ।
सरकारी जग्गाको संरक्षण गर्नेहरूकै घर घरमा गएर घेराउ गर्नु र आक्रमणको प्रयास गर्नु निन्दनीय कुरा भएको उनको भनाइ छ ।
वेपत्ता आयोगका अध्यक्ष युवराज सुवेदीले आफूहरूले खल्तीको पैसा हालेर संरक्षण गरिएको जग्गामा भएको घटनाप्रति आपत्ति प्रकट गरे । उनले सार्वजनिक जग्गा संरक्षणमा लाग्नेहरुमाथि हाम्रो टिम नेपालकोतर्फबाट भएको व्यवहार गलत भएको बताए ।
वरिष्ठ अधिवक्ता मात्रिका निरौलाले समाजले १५ वर्ष भन्दा लामो समयदेखि मुद्दा लडेर संरक्षण गरेको जग्गा कब्जा गर्छु भनेर कल्पना नगर्न चेतावनी दिए । आफूहरुले निस्शुल्क रुपमा मुद्दा लडेर सरकारी कायम गर्न सफल अनामनगरको २३ रोपनी जग्गा राज्य नै अग्रसर भएर कसैलाई कब्जा गर्न दिन नहुने बताए ।
व्यक्तिको नाममा दुषित दर्ता भइसकेको जग्गासमेत आफूहरूले फिर्ता ल्याएको बताउँदै अब कसैले कब्जा गर्ने नियत राखेको भए त्यसमा आफूहरूले राज्यका सम्बन्धित निकायको समन्वयमा कानुनको दायरामा ल्याउने धारणा राखे ।
सामाजिक विकास समाजका कार्यवहाक अध्यक्ष ओम उप्रेतीले समाजले संरक्षण गरेको जग्गा हाम्रो टिम नेपाललाई केही समय प्रयोग गर्न दिएपनि कब्जा गर्ने हिसाबले अगाडि बढेको बताए । उनले हाम्रो टिम नेपालका विमल पन्तले सार्वजनिक जग्गा संरक्षण गर्ने व्यक्तिहरुलाई लक्षितगरी घर घरमै आएर आक्रमण गर्ने धम्की दिएको बताए । उनले पन्तले आफैले गरेको सम्झौताविपरीत व्यक्तिको घर घरमा गएर आतंक मच्चाउन थालेको आरोप लगाए ।
समाजका सचिव गोपाल गडतौलाले समाजमा हिंसा फैल्याउने कामलाई समाजले स्वीकार नगर्ने बताए ।
समाज सेवाको आडमा सरकारी जग्गा कब्जा गर्न खोजेको बताउँदै त्यसलाई समाजले कुनै पनि हालतमा सरकारी जग्गा कब्जा गर्न नदिने स्पष्ट पारे ।
उनले हाम्रो टिम नेपालको आर्थिक पारदर्शीता माथि प्रश्न उठाउँदै मिडियाले त्यो विषय खोज्नु पर्ने बताए ।
स्थानीय शान्ति राईले हाम्रो टिम नेपालले समाजमा आतंक सिर्जना गरेको बताइन । उनले आफूहरुको जीउ धन हाम्रो टिम नेपालका मान्छेबाट खतरामा परेको बताउँदै सुरक्षाको माग समेत गरेकी छन् ।
महेन्द्र कर्मचार्य , कुमार तामाङ तथा शिवराम राजवंशीले हाम्रो टिम नेपालका तर्फबाट व्यक्तिको घरमा गएर धम्काउने तर्साउने काम गरेको भन्दै दुःख व्यक्त गरे ।
स्थानीय शान्ता खनाल, सिर्जना ,सञ्जु शिवाकोटीलगायतले हाम्रो टिम नेपालले अनामनगरमा व्यक्तिको घरमा गएर आक्रमण गर्न खोजेको विषयको निन्दा समेत गरेका छन् ।
यसैबीच अध्यक्ष पन्तले मिर्मिरेलाई सम्पर्क गरी घर घरमा गएर आक्रमण गर्ने प्रयास नगरेको, आफूहरुले समाजसेवा र हितको लागि मात्र प्रयोग गर्न खोजेको र आफूहरुले अपराध नगरेको बताए ।
दैनिक समाजसेवामा खटिएर आफूहरुले सार्वजनिक जग्गा प्रयोग गरेको भन्दै आफूहरु ले देशको रक्षकको रुपमा काम गरीरहेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ