कोभिड अपडेट : सङ्क्रमणमुक्त हुने दरमा वृद्धि

कोभिड अपडेट : सङ्क्रमणमुक्त हुने दरमा वृद्धि

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ६ असार । कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुने सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । गत २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको सङ्क्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणदर घट्दै गएको छ । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ