ज्वरो लगायतका समस्या निरन्तर देखिएपछि थप उपचारका लागि भारतको एपोलो अस्पतालमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनलाई नर्भिक अस्पतालबाट केही दिन अघि भारतको एपोलो लगिएको थियो ।
अहिले उनको ज्वरो पनि हटेको, टाउको दुखाई र खोकी पनि हराएको र प्रत्यक्ष भिडियोमा आफैसँग कुराकानी भएको खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जनाएका छन् ।
थप उपचारका लागि खनालले अझै केही दिन अस्पतालमै रहनु पर्ने पनि भट्टराईले उल्लेख गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline