५ असार, ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका नेपालको १ नम्बर प्रदेश अन्र्तगत ताप्लेजुङ जिल्लाको उत्तरीपूर्वमा अबस्थित गाउँपालिका हो । १ हजार ८ सय ५८.५१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या १२ हजार १७ छ । बिश्वा महामारी कोरोना भाइरसको चपेटाबाट यो गाउँपालिका पनि अछुतो रहन सकेन । यस गाउँपालिकामा पहिलो पटक २०७८ साल जेष्ठ ५ गते जिल्ला बाहिरबाट आएका गाउँपालिकाको ४ नम्बर वडा इखाबुका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । बिश्व महामारी फैलिएको १ वर्षपछि ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारमा अचानक द्रुत गतिमा फैलिएको कोरोनाको नयाँ प्रजाति भेरिएन्टले जिल्लामा धेरै मानिसमा संक्रमण देखियो । सदरमुकाम फुङ्लिङमा संक्रमणको दर दिनानुदिन बढ्दै गएको अबस्थामा बिभिन्न गाउँपालिकाहरूमा पनि फाट्फुट संक्रमितहरू देखिन थाल्यो ।
फक्ताङ्लुङ गाउँपालिकामा स्थानीयमा कोरोना संक्रमण नदेखिए पनि अन्तरपालिका र अन्तरजिल्लाबाट आएका ४ जना ब्यक्तिमा पहिलो पटक कोरोनाको नयाँ भेरिएन्ट संक्रमण एन्टिजेन बिधिबाट परीक्षण गर्दा फेला परेको थियो । त्यसपछि गाउँपालिकाले साबधानी अपनायो । बिभिन्न स्थानीय सञ्चार माध्यमबाट सामुदायिक हितको लागि सन्देश जारि गर्यो । बिभिन्न श्रोत साधान तथा जनशक्ति परिचालन ग¥यो । फुङ्लिङ नगारपालिकासहित बिभिन्न गाउँपालिकाबाट मानिस आवातजावतमा रोक लगायो । फक्ताङ्लुङ गाउँपलिका ३ नम्बर वडा, लिङ्खिममा स्वास्थ्य परीक्षण डेस्क स्थाना गरि संकास्पद ब्यक्तिलाई गाउँपालिकामा प्रबेश रोक लगायो । अन्ततः हालसम्म यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ भए पनि हालसम्म कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गाउँपालिकाले अपनाएको कोरोना महामारी संक्रमण नियन्त्रणको उपाय प्रभावकारी साबित भएको छ ।
फक्ताङ्लुङले संक्रमण नियन्त्रणको उपाय कस्तो अपनायो ?
फक्ताङलुङ गाउँपालिकाले कोरोना भाईरसको संक्रमण नियन्त्रणको लागि अपनाएका उपाय यस्ता छन्ः गाउँपालिकामा कोरोना संक्रमण देखापरे लगत्तै २ ओटा आइसोलेशन केन्द्र तत्काल स्थापना गर्ने तयारी ग¥यो । गाउँपालिकाको ३ नम्बर वडा, सिवाँ स्वास्थ्य चौकीमा १० र ५ नम्बर वडा तापेथोक, गाउँपालिका केन्द्र, तापेथोक स्वास्थ्य चौकीमा ५ बेडको आइसोलेशन केन्द्र स्थापना भए । जहाँ गम्भीर प्रकृतिको कोरोना संक्रमितलाई अक्सिजनसहितको उपचार सेवाको ब्यबस्था गरियो ।
गाउँपालिकाको ७ ओटै वडाका स्वास्थ्य चौकी र ८ ओटा सामुदायीक स्वास्थ्य इर्काइमा पनि स्वास्थ्य सेवा प्रबाह भइरहेको स्वास्थ्य इकाइ प्रमुख दिनेश भट्टराईले जानकारी दिए । तापेथोक स्वास्थ्य चौकीलाई स्तरोन्ती गरि, तापेथोक प्राथमिक अस्पताल भएको छ । उक्त अस्पतालमा मेडिकल अफिसर, ल्याव टेकनिसियनसहित जम्मा ५६ जना स्वास्थ्यकर्मी कोरोना महामारी नियन्त्रण प्रयासमा जुटिरहेका छन् ।
गाउँपालिकामा कति छन् सक्रिय संक्रमित ?
फक्ताङ्लुङ गाउँपालिकामा हालसम्म २१ महिला र १३७ पुरुषगरि कुल १५८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । जसमध्ये २५ जनामा सङक्रमण देखिएको छ । जसमध्ये, ९ महिला र १९ पुरुष रहेका छन् । हालसम्म १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ६ महिला र ७ पुरुष छन् । गाउँपालिकाको बिभिन्न वडाको आइसोलेशन सेन्टरमा ३ महिला र १२ पुरुष गरि १५ जना सक्रिय सङक्रमित छन् ।
गाउँपालिकामा कति अक्सिजन सिलिण्डर र एन्टिजेन किट छन् ?
गाउँपालिकामा ७ लिटर क्षमताको ३ अक्सीजन कन्सन्टेटर ओलाङ्चुङगोलामा १, तापेथोक प्राथमिक अस्पतालमा १ र सिवाँ स्वास्थ्यचौकीमा १ ओटा राखिएको छ । गाउँपालिकाको २ ओटा आइसोलेसन केन्द्रमा जम्मा १४ ओटा अक्सीजन सिलिन्डर छन । जसमध्ये २ ओटा १५ र बाँकी १२ ओटा १० लिटरका सिलिण्डर हुन् । १५० थान एटीजेन किड स्टोकमा रहेको स्वास्थ्य इकाई प्रमुख दिनेश भट्टराईले जानकारी दिए । अहिले ७ ओेटै स्वास्थ्य चौकीबााट एन्टिजेन परीक्षण गर्न थालिएको छ । अन्य पालिका बाट आउँदा सिवाँमा रहेको हेल्थ डेक्मा स्वास्थ परीक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश दिने गरिएको छ ।
ओलाङ्चुङगोला र घुन्साको हकमा २४ घन्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण नभए प्रवेश दिइँदैन । गाउँपालिकामा सङक्रमितको संख्या कम हुँदै गएको छ । सङक्रमित भन्दा निकोहुनेको दरमा वृद्घी हुदै गएको छ । सङक्रमण दर घट्रदै गएको छ ।
एन्टिजेन परीक्षणमा तिब्रता
गाउँपालिकाले एन्टिजेन परीक्षणको दायरालाई अझ फराकिलो पारिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले जानकारी दिए । उनले भने, कुनै पनि कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिए एन्टिजेन परीक्षण गर्छौं, एन्टिजेन किटको अभाव छैन । गाउँपालिकामा उपलब्ध जनशक्ति, श्रोतसाधन ब्यबस्थापन र सम्पूर्ण सरोकारवालाको सहयोगका कारण गाउँपालिकामा हालसम्म कोरोना संक्रमणलाई नियन्त्रण गर्न सफलोन्मुख भएको अध्यक्ष लिम्बूले बताए ।