तोकिएकै समयमा महाधिवेशन हुन्छ, म सभापतिमा फेरि लड्छुः देउवा

तोकिएकै समयमा महाधिवेशन हुन्छ, म सभापतिमा फेरि लड्छुः देउवा

  • शनिबार, असार ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार ५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफु फेरी सभापतिमा लड्ने बताउनु भएको छ ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर आफु नै अबको महाधिवेशनमा सभापतिमा उठ्ने बताउनु भएको हो ।
देउवाले आज बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताउनुभएको हो ।

संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने जानकारी दिदैँ आफु सभापतिमा फेरि लड्ने बताउनु भयो । आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको र तीन तहको निर्वाचन पनि गराएको बताउदैँ देउवाले भन्नुभयो, ग
प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा। डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ