५ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चुरे बाहेकका ठाउँबाट ढुंगा गिटी निकासी गर्नु उपर्युक्त हुने बताएका छन् ।
ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताउदैँ मुख्यमन्त्री राईले भने, ढुङ्गा गिटी निकासी गर्नु उपयुक्त भए पनि चुरे संरक्षणको विषयमा प्रदेश सरकार स्पष्ट रहेको छ।
उनले थपे, ‘हामीसँग धेरै प्राकृतिक स्रोतहरु छन् चुरेबाहेकका ठाउँमा, त्यहाँका सामग्री निकाल्न सकिन्छ, हामीलाई चाहिएको भन्दा बढी सामग्री निकासी गर्न पनि सकिन्छ होला ।’
चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको उनको भनाई छ । मुख्यमन्त्री राईले चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना छैन उनले भने ।
चुरेभन्दा बाहेकका खानीहरुलाई समृद्धिको यात्रामा जोड्नुपर्ने भन्दै मुख्यमन्त्री राईले संरक्षणमा नाममा विरोधका लागि विरोध मात्रै भएको बताए ।
संघीय सरकारको ढुंगा गिटी विदेश निर्यात गर्ने नीति तत्काल कार्यान्वयन नगर्न शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश आदेश दिएको छ ।