४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । राष्ट्रपतिले शुक्रबार अपराह्न उनीहरुलाई शितलनिवास बोलाएर छलफल गर्नुभएको हो ।
गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी
राष्ट्रपति कार्यालय पुगेका थिए । उनीहरूसँग झन्डै एकघन्टा राष्ट्रपतिले ब्रिफिङ लिएको स्रोतले बताएको छ ।
मुलुकको पछिल्लो सुरक्षा अवस्था र विपद् व्यवस्थापनबारे राष्ट्रपतिले छलफल गरेको बताइए पनि त्यसको औपचारिक जानकारी दिइएको छैन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline